Harsamaya
सहकारी ठगी प्रकरणः छविको बयान सकियो, रविको पालै आएन
पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने ।
पोखरा - गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ । 
 
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा उनीसँग न्यायाधीश नितिज राईले अदालतले लिएको थुनछेक बहस सकिएको हो ।
 
हिजो देखि सुरु भएको छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग थुनछेक बहस सुरु भएको छ ।
 
 अदालत लगिएको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग आज पनि लिइएको छैन । पछाईको बयान सकिए पछि लामिछानेको पालो आउने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update