नुवाकोट दरबार क्षेत्रमा लिफ्टिङबाट खानेपानी , लागत झण्डै १३ करोड (पत्रसहित)
नुवाकोट - ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी आयोजना’ निर्माण हुने भएको छ ।
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयले बजेटको श्रोत सुनिश्चिता गरेपछि आयोजन निर्माण हुने भएको हाे ।
साे आयोजना अनुमानित १२ करोड ९४ लाख लागतमा बन्ने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिएका छन् । साे आयोजना दुई देखि तीन वर्षभित्र बनिसक्नुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन नं ६ काे कार्यालय नुवाकोटले जनाएको छ ।
लामो समयदेखि नुवाकोट दरबार क्षेत्र आसपासका स्थानीयले खानेपानीकाे अभाव व्यहाेरेका थिए ।
उर्जा तथा सिचाई मन्त्रालयले बजेटको श्रोत सुनिश्चित :-
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१ ०९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय