Harsamaya
लामाेसाँघु-जिरी सडकखण्ड बन्द, क्षतिपूर्ति नपाएसम्म शव नउठाउने आफन्तकाे भनाइ (तस्वीरसहित)
विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई लामोसाँघु जिरी सडक खण्डको ८ किलो नजिक ठक्कर दिँदा डाँडापाखरका दावा छिरिङ तामाङकाे जलेर मृत्यु ।

सिन्धुपाल्चाेक - लामाेसाँघु- जिरी सडकखण्ड आजपनि बन्द छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर निधन भयपछि मृतकका आफन्तहरुले हिजो देखि अबरुद्ध गरेको सडक आज पनि बन्द गरेका छन्  । आफन्तहरुले क्षतिपूर्ति लगायतका माग पुरा नहुँदासम्म शब नउठाउने बताएका छन ।

Accident-2-1737167718.pngदुर्घटनामा मृत्यु भएकाकाे शव नै सडकमा राखेर लामाेसाँघु-जिरी सडक अवरुद्ध ।
बिहीबार दोलखाबाट काठमाडौं जाँदै गरेको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई लामोसाँघु जिरी सडक खण्डको ८ किलो नजिक ठक्कर दिँदा डाँडापाखरका दावा छिरिङ तामाङकाे जलेर मृत्यु भएको थियो ।

मधेश प्रदेश ०३-००२ ख ०५३४ नम्बरकाे ट्रकले बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको थियो । मोटरसाइकलमा लागेकाे आगाेमा परी चालकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Sindhupalchowk-Accident-1-1737166955.png

Sindhupalchowk-Fire-(1)-1737167795.png

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update