Harsamaya
यु-१९ महिला टी-२० विश्वकप आजबाट: नेपाल बंगलादेशसँग ऐतिहासिक भिडन्त
पहिलो पटक विश्व कप खेल्दै नेपाली महिला टोली । नेपालको यो ग्लोबल इभेन्टमा पहिलो सहभागिता हो ।

काठमाडौँ - नेपालले आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपको पहिलो खेल आज खेल्दैछ ।

नेपालले पहिलो खेल अर्थात् उद्घाटन खेलमा बंगलादेशसँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेको हो । गत शनिबार प्रतियोगिताका लागि मलेसिया प्रस्थान गरेको नेपाली टोलीले आज बंगलादेशसँग पहिलो खेल खेल्न लागेको हो ।

मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सो खेल हुनेछ । खेल नेपाली समय अनुसार शनिवार दिउँसो १२:१५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् २००७ बाट महिला क्रिकेट सुरुवात गरेको नेपालको यो ग्लोबल इभेन्टमा पहिलो सहभागिता हो ।

विश्वकप अघिको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको नेपाल दोस्रो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको थियो ।

१६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् ।  नेपालका लागि बंगलादेशबाहेक अन्य नयाँ प्रतिद्वन्द्वी हुन् , जसअनुसार नेपालले माघ ५ मा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ  भने  माघ ७ मा स्कटल्यान्ड र माघ ९ मा अस्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टोली :- पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुँवर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update