Harsamaya
भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते
दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिता । 

भारत - दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिता क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य ४०० भन्दा बढी घाइते भएका छन् । 

दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार मृत्यु र घाइते भएका छन् । 

छुट्टाछुट्टै घटनामा दुई साँढको पनि मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पुड्डुकोट्टाईमा एक कार्यक्रमका क्रममा साँढेको मृत्यु भएको छ भने शिवगङ्गाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्ने क्रममा एक साँढे मालिक र उनको साँढेको मृत्यु भएको छ ।

अधिकारीहरूले अधिकांश मृत्यु र घाइतेहरू मैदानबाहिर भएको बताएका छन् । साँढे मालिकहरूले सामान्यतया ठूलो भीडको उपस्थितिमा दौड पछि आफ्नो साँढेहरू संकलन गर्छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update