Harsamaya
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन बन्द, औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौं । तस्वीर: हर समय/ Har Samaya

काठमाडौं - गत असोजमा आएको बाढीपहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुनः सञ्चालनमा नआउँदासम्म नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रका लागि साँझको समयमा विद्युत् कटौती गर्ने घोषणा गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार  माथिल्लो तामाकोशी आयोजना बन्द भएपछि हिउँदयाममा विद्युत् व्यवस्थापन गर्न चुनौती उत्पन्न भएको छ। मागमा समस्या आएपछि साँझको पिक आवरमा औद्योगिक ग्राहकहरूको लागि विद्युत् आपूर्ति कटौती गर्नु परेको उनले बताए।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना भने पुस १० गतेभित्र मर्मत गरी विद्युत् उत्पादन सुरु गर्ने तयारीमा रहेको छ। साथै, भारतसँगको विद्युत् आयातमा पनि पिक आवरको समयमा कति समस्याहरू देखिने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update