Harsamaya
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गको निरीक्षण गर्दै ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् । 

त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिए । 

उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ । काठमाडौँ-ललितपुर-मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । 

पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update