काठमाडौं - भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स०१ (चेजर) र एसडिएक्स०२ (लक्ष्य) अन्तरिक्षमा डक गरेको छ । स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड्नु हो ।
डकिङ प्रक्रिया हालका हप्ताहरूमा कम्तीमा दुई पटक ढिलाइ भएको र अन्ततः बिहीबारको लागि निर्धारित गरिएको थियो ।
अन्तरिक्ष एजेन्सीका अनुसार डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफल भएको र आगामी दिनमा अनलकिङ र पावर ट्रान्सफरबारे अनुसन्धान गरिने छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटर मा एक पोस्टमार्फत देशका वैज्ञानिकहरूलाई उपलब्धि हासिल गरेकोमा बधाई दिँदै भने,“आगामी वर्षहरूमा भारतको महत्त्वाकाङ्क्षी अन्तरिक्ष अभियानका लागि यो महत्त्वपूर्ण कदम हो ।”
रुस, अमेरिका र चीनपछि स्पेस डकिङ हासिल गर्ने भारत चौथो देश बनेको छ ।