सुदूरपश्चिम र कर्णालीमा आज पनि पानी पर्ने
काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । केही प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको छ ।
आज सुदूरपश्चिमको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हल्का हिमपातको सम्भावना छ । कर्णाली प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान छ ।
त्यस्तै लुम्बिनीको पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ ।
बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
त्यसैगरी मधेश प्रदेशमा आज दिउँसो र राति आंशिक बादल मात्रै लाग्ने सम्भावना रहेको छ भने कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ ०८:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय