Harsamaya
राष्ट्रपति पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश
भूमिसम्बन्धी अध्यादेश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ।
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
 
गत पुस २६ गते सरकारले ५ अध्यादेश जारी गर्ने निर्णय गरे अनुसार ४ वटा अध्यादेश जारी भए पनि भूमिबन्धक अध्यादेश भने जारी भएको थिएन । 
 
तर, आज नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत जनाएको छ ।
 
यसअघि सरकारले ५ वटा अध्यादेश सिफारिस गरी पठाएकोमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश आवश्यक अध्ययनका लागि भनेर रोकिएको जनाइएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update