Harsamaya
रवि लामिछानेको थुनछेक बहस सकियो, जाहेरीवालाको सुरू
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पछि अब जाहेरीवालाको तर्फबाट सुरू भएको छ ।
 
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको एकल इजलासमा सो बहस भइरहेको हो ।
 
हिजो सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि लामिछाने हिजो प्रहरी हिरासतमा थिए । तर, आज उनी कार्यालय खुल्ने बितिक्कै अदालतल पुगेका थिए, जसअनुसार  उनको थुनछेक बहस भएको थियो ।
 
हिजो अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरूमा नै बयान दिएका थिए । अदालतले कास्की जिल्ला अदालत झै धरौटी मागेमा उनी छुटने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको थियो तर थुनछेक बहस नसकिएकाले उनले कम्तीमा एकदिन हिरासतमा बस्न बाध्य भएका हुन् ।
 
 उनलाई अदालत परिसरबाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले भने बाहिर नाराबाजी गरिरहेका थिए । उनले प्रहरी हिरासतमा जानु अघि सबैलाई ‘स्यालुट’ गरेका थिए ।
 
सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए ।   
 
 
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update