Harsamaya
ज्यान मुद्दाका फरार प्रतिवादी ४० वर्षपछि पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/ Har Samaya

रौतहट - कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई ४० वर्षदेखि फरार रहेका उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रौतहटमा पेस गरिएको छ।
 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update