Harsamaya
एमालेले पार्टीबाट निकाल्दैमा भ्रष्टाचार,अन्याय र अत्याचारविरुद्धको लडाई कमजोर हुँदैन - भीम रावल
नेकपा एमालेका पूर्व नेता भीम रावल। 

काठमाडौं - नेकपा एमालेका पूर्व नेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचार विरुद्धको लडाई कमजोर नहुने बताएका छन् । 

राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले तानाशाही ढंगले एमाले नेतृत्वले आफूलाई निष्कासन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचार विरुद्ध र देशभक्तिको झण्डा माथि उठाउने उत्साहमा कमी नहुने बताएका हुन् । 

रावलले एमाले नेतृत्वको स्वेच्छाचारी, राष्ट्रिय हित विपरीतका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलाप विरुद्ध लड्दा पाच्य नभएको जिकिर गरे । उनले आफूलाई बदनाम गर्न राजावादी भएको प्रचार गरिएको समेत उल्लेख गरे । 

देशभक्तसँग हातेमालो गर्दै अघि बढ्ने र मातृभूमि जागरण अभियानलाई सशक्त बनाउने जिकिर गर्दै उनले देशको आवश्यकता भए वैकल्पिक शक्ति निर्माण गर्न सवैसंग हातेमालो गर्दै अघि बढ्ने बताए ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update