पूर्व राजाले भने - नेपाल कसैको रणमैदान होइन (भिडियोसहित)
काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताले अझै पूर्ण प्रजातन्त्र नपाएको बताएका छन् । राष्ट्रियतासहितको पूर्ण प्रजातन्त्र नै बडा महाराजधिराजको सपना भएकोले अझै नेपाली जनताले पूर्ण प्रजातन्त्र नपाएका बताएका हुन् ।
पृथ्वीजयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै शाहले उनले हाम्रो स्रोत र साधन, श्रम र सीप देशको विकासमा पूर्ण रूपमा उपभोग नभएको बताएका छन् । 'हाम्रो जनशक्ति र सीप निरन्तर बाहिरिदैं गएको छ', उनले भने ।
उनले पर्याप्त स्रोत र साधन हुँदा पनि सुनको कमन्डलु लिएर भिख माग्दै हामीले आफ्नो श्रम र सीपको दुरुपयोग गरिरहेको बताए । उनले नेपाल कसैको रण मैदान नभएको र शान्ति थलो बनाउनुपर्ने बताए ।
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१ ०९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय