Harsamaya
पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशी ।

पोखरा - सहकारी ठगी मुद्दामा छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजीसमेत रहेका जोशीसँग ८८ लाख रुपैयाँ माग गरिएको हो । 

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेलाई ६५ र जोशीसँग ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरू विरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update