Harsamaya
रवि लामिछानेको सांसद पद निलम्बनमा
रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ ।
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेको पद निलम्बनमा परेको छ ।
 
 यसअघि दोहोरो नागरिकताका कारण पदमुक्त भएका रास्वपा सभापतिसमेत रहेका लामिछाने यो पटक भने सम्पति शुद्धीकरणको मुद्दालगायतले निलम्बनमा परेका हुन ।
 
प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै  ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानुनी व्यवस्था उल्लेख गरेका छन् ।
 
प्रहरीले उनीविरुद्ध हिजो मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणतलका ३ वटा मुद्दा दायर गरेको थियो । कास्की जिल्ला प्रहरी कार्यालयले औपचारिक रुपमा संघीय संसद सचिवालयमा जानकारी गराएपछि उनी आज निलम्बनमा परेका हुन । उनी  चितवन–२ बाट निर्वाचित सांसद तथा सो पार्टीका संसदीय दलका नेता समेत हुन् । निलम्बनमा परेसँगै उनले संघीय संसद सचिवालयवाट पाउने तलब भत्तालगायत सबै सेवावाट वञ्चित भएका छन् ।
 
खासमा संसद सचिवालयको सूचनामा रविलाई निलम्बन गर्न सम्पत्ति शुद्धीकरण ऐनलाई आधार लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सभामुखलाई पत्र आएको र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मुद्दाको किनारा नभएसम्म निलम्बनमा रहने सूचनालाई मुख्य आधार बनाएर संसद सचिवालयले उनको सांसद पद निलम्बन गरेको हो ।
samsad-pr.jpg-1734964930.jpg
 
 
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update