Harsamaya
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samay

काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई र माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् ।

सो अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरिएको हो । जसअनुसार  पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–६ बस्ने धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका २९ वर्षीय उमेश गुरूङ र काठमाडौं महानगरपालिका–२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् ।  

पक्राउ मध्ये उमेशले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुजनले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमेशलाई चन्द्रागिरी नगरपालिका–६ बाट  र सुजनलाई काठमाडौं महानगरपालिका–१ बाट मंगलबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update