सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।
मंगलबार तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८८ हजार १ सयमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय