Harsamaya
जुनसुकै डाँडामा बसेरै पनि महिनाको दुई तीन लाख कमाउन सकिन्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापा ।

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सीप र क्षमता भए जुनसुकै डाँडामा बसेरै पनि महिनाको दुई तीन लाख कमाउन सकिने बताए । 

मंगलबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार पारेको विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सहितको प्रतिवेदन बुझ्ने कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

उनले भने, ‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईं सबैलाई त्यही प्रसंग याद आउँछ । एउटा डाँडामा बसेर दुई तीन लाख कमाउन सकिन्छ भनेर मैले भनेँ । कतिलाई रमाइलो कुरा भयो । तर त्यो ड्रिम हो । सम्भव छ । एउटा व्यक्तिलाई सीप र क्षमता दियो भने त्यो सम्भव छ । अब हामी नलेज इकोनोमीमा छिरेका छौँ । अहिले चाइनामा जन्मिएको एउटा केटाले डिपसिक बनाएर च्याट जिपीटीसँग कम्पिटीसन गर्छु भन्ने ठाउँमा पुगेको अवस्था छ ।’

सीप खाली खोस्रिने र कतार मलेसियामा गएर डुङ्गाको गाह्रो लगाउने मात्रै नभई त्यो सीप सूचना प्रविधिले ल्याएको अवसरलाई प्रयोग गर्ने सीप विपन्न परिवारको मान्छेलाई उपलब्ध गराउन सक्नुपर्ने उनको भनाई छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update