
काठमाडौं - बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ ।
कम्पनीले यही २०८२ वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपम आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ मार्फत ग्राहकहरूले २० प्लस भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जनाएको छ ।
साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया अन्त्य गरिने पनि जनाइएको छ । जस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आय स्रोतको सर्टिफिकेटलगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउने बताइएको छ ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत सुविधा पाउन सक्ने जनाइएको छ ।
साथै, बजाज ग्रान्ड कार्निभल वैशाख १६ गतेदेखि वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ भने ग्राहकहरूको लागि गेम जोन, टेस्ट राईड पनि रहेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ नेपालको बृहत् ठूलो मोटरसाइकल एक्सचेन्ज योजना हो ।
यस योजना अन्तर्गत ग्राहकहरूले बजाजका मोटरसाइकलहरू ग्राहकहरूलाई आफ्ना पुराना बाइकहरूको उच्चतम् मुल्यांकन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने असर प्रदान गर्दछ ।