शिक्षकहरूलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग

काठमाडौं - नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकका माग पूरा गरेर चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोरा खुवाउने र गीत गाउने रूपमा मात्र व्यवस्थापन नगरी शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न माग गरे ।
उनले भने, ‘शिक्षक सम्पूर्ण देशका हुन र सबैलाई पढाउने शिक्षक हुन । उहाँहरूलाई बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने पानीको फोरा खुवाउने र गीत गाउने रूपमा व्यवस्थापन नगरियोस् । तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गरियोस् ।’
त्यस्तै, उनले नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले यसबारे सदनमा आएर जवाफ दिने वातावरण सृजना गर्न पनि माग गरे ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२ १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय