फेसन अर्वाडको मनोनयन सार्वजनिक

काठमाडौं - पाँचौँ नेपाल म्युजिक एन्ड फेसन अवार्डको विभिन्न विधामा मनोनयन सूची सार्वजनिक गरिएको छ । स्टार वान इन्टरटेनमेन्टको आयोजनामा हुने अवार्डमा सङ्गीतसँगै फेसन, मोडलिङका विभिन्न विधामा मनोनयन गरिएको छ ।
स्टार वानकी अध्यक्ष पूजा निरौलाका अनुसार गीत र सङ्गीततर्फ आधुनिक, पप, लोक पप, चलचित्र, लोकदोहोरी, नेपाल भाषाका विभिन्न २२ विधामा मनोनयन सार्वजनिक गरिएको छ ।
यस पटक सङ्गीत र मोडलिङतर्फ गीतकार, गायक, गायिका, सङ्गीतकार, म्युजिक भिडियो निर्देशक, कोरियोग्राफर, मोडलहरूबिच विभिन्न विधामा प्रतिस्पर्धा हुने आयोजक एवं स्टार वानका कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२ ०९:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय