महायज्ञबाट जुट्यो चार करोड ३९ लाख
पाल्पा - शहीद बहुमुखी क्याम्पसमा संकाय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा रु चार करोड ३९ लाख संकलन भएको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद भट्टराईका अनुसार रामपुर नगरपालिका–७ निवासी तेजकुमारी उपाध्यायले रु एक करोड मूल्य पर्ने जग्गा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने एक हजार ३२ मुरी धान पनि संकलन भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन संकायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदै आएको छ । समुदायस्तरबाट सञ्चालित यो क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरका एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ १८:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय