Harsamaya
कांग्रेसले प्रतिवद्धता पुरा गर्छ तर सरकारले परिणाम दिनुपर्छ : गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापा ।

काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग सरकारमा जाँदा गरेको प्रतिबद्धता काँग्रेसले कायम नै राख्ने बताएका छन् । आज  नेपाली कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने भन्दै नयाँ ढङ्गले काम गर्नेतर्फ सोच्नुपर्ने बताए । 

उनले भने, ‘हामी जोखिम उठाउन तयार छौँ । यस्तो कुराहरुमा हाल गरिरहेको काम भन्दा फरक ढङ्गले गर्नुपर्छ । कम्फर्ट जोनबाट बाहिर आएर काम गर्नुपर्छ । नयाँ ढङ्गले सोच्नुपर्ने छ । नेपाली कांग्रेस अहिले नेकपा एमालेसँग सरकारमा छ । पार्टीको तर्फबाट प्रतिबद्धता र समर्थन छ । अहिलेको प्रतिबद्धताका आधारमा तलमाथि गर्न लाग्दैनौँ । यसलाई तीव्र रूपमा अगाडि बढाउँछौँ तर यो समयको प्रयोग गर्न चाहन्छौँ । सरकार बस्नको लागि मात्र भएर भएन, काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ । रिजल्टमा काम गर्न चाहन्छौँ । ’ 

त्यस्तै उनले सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम नआएको भन्दै परिणाम नआउने ठाउँमा हात नहाल्न सुझाव दिए । उनले भने,‘खास गरेर अब समय आयो । जुन हामीले कम्फर्ट जोनमा बसेर काम गर्यौं । अब यसरी गरेर हुँदैन् । कतिपय नयाँ सन्दर्भमा जानुपर्ने हुन्छ । सरकारले हात हालिरहेका थुप्रै ठाउँहरू छन् । जसमा सरकारले हात हाल्दा राम्रो परिणाम आएको छैन । ती ठाउँमा हात हाल्न छाडिदिए हुन्छ ।’ 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update