Harsamaya
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदी पसल । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो ।

आइतबार १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार  २० रुपैयाँले घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update