Harsamaya

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ नयाँ भ्रष्टाचारका काण्डहरूले देश अस्तव्यस्त अवस्थामा गइरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारको कथा बजारमा छर्लङ्ग आइराखेको बताएका हुन् ।

उनले भने, ‘देश अस्तव्यस्त अवस्थामा छ । एक महिना हुन लागिसक्यो  शिक्षक आन्दोलन, मिटरव्याजी आन्दोलन, सहकारी पीडित आन्दोलन, डाक्टरहरूको  आन्दोलन र कर्मचारीहरूको  पनि तयारी हुन गइराखेको छ । नयाँ नयाँ भ्रष्टाचार काण्ड आइराखेको छ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पर्म लोडको कथा बजारमा छर्लङ्ग आइराखेको छ ।’

साथै, उनले भ्रष्टाचार काण्डहरू ओझेलमा पार्नको लागि यो सरकारले राजावादीहरूले अस्थिरता ल्यायो देशमा  भनेर  आरोप लगाइरहेको बताए । उनले सदनमै पनि  राजावादीहरूलाई फोड्नुपर्छ, जेलमा हाल्नुपर्छ भन्ने अभिव्यक्ति आएको समेत बताए ।

उनले भने, ‘भ्रष्टाचारका यी काण्डहरू ओझेलमा पार्नको लागि अब सरकारले राजावादीहरूले अस्थिरता ल्यायो देशमा भनिकन यही सदनमा पनि यी राजावादीहरूलाई फोड्नुपर्छ, जेलमा हाल्नुपर्छ भन्ने अभिव्यक्ति आएको  छ । हो हामी राजा चाहिन्छ यो  देशमा  भन्ने पार्टीका मान्छे हौँ । यदि हामीबाट कुनै कमीकमजोरी भएको छ भने कारवाहीको सजाय भोग्न हामी तयार छौं ।  

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update