काठमाडौं - नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले तत्काल सकारात्मक सोचकासाथ शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात् दुवै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद र लज्जास्पद रहेको बताए ।
जन निर्वाचित लोकतान्त्रिक सरकार दमन गर्न तर्फ नभई थप संयमित, जिम्मेवार र संवेदनशील बन्न जरुरी रहेको पनि उनको भनाई छ ।
उनले भने, ‘गत २७ दिनदेखिको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा हिजो अकस्मात् दुवै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद र लज्जास्पद छ । जन निर्वाचित लोकतान्त्रिक सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्न जरुरी छ । सरकार दमन गर्न तर्फ होइन । सकारात्मक सोचकासाथ शिक्षकहरूको माग सम्बोधन गर्न तर्फ अविलम्ब अग्रसर बनोस् ।’