
काठमाडौं - म्यानचेस्टर सिटी एफए कपको फाइनल पुगेको छ । नटिङ्घम फरेस्टलाई आइतबार २-० ले हराउँदै म्यानचेस्टर सिटी लगातार तेस्रो पटक एफए कपको अन्तिम दुईमा पुगेको हो ।
खेल सुरु भएको दोस्रो मिनेटमा मातेओ कोभासिचले बक्सको किनारामा दिएको पासलाई २० वर्षे रिको लुइसलाई गोलमा परिणत गरे ।
नुनो एस्पिरिटो सान्तोको टोलीले दोस्रो हाफको सुरुवातमा नै बराबरीको अवसर पाएको थियो । क्यालम हड्सन–ओडोईले बक्समा दिएको पासलाई एन्थोनी एलाङ्गाले गरेको पहिलो प्रहार पोष्टको बाहिर गयो ।
त्यसको केही क्षणमै सिटीले अन्तर दोब्बर पार्यो । ५औं मिनेटमा ओमार मारमसको कर्नरबाट जोस्को ग्वार्डिओलले हेडरमार्फत गोल गरे ।
निराशाजनक सिजनलाई सफलताका साथ अन्त्य गर्ने लक्ष्यसहित सिटी आठौं पटक प्रसिद्ध एफए कप ट्रफी उठाउने आशामा छ । वेम्बलीमा मे १७ मा सिटीले क्रिस्टल प्यालेससँग फाइनल खेल्नेछ ।