Harsamaya

रौतहट - रौतहट प्रहरीले बालकको हत्यामा संग्लन रहेका ४ जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन मार्फत अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।

वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवको शव  वैशाख ६ गते  गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा  शव फेला परेको थियो  । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले  ४ जना अभियुक्तलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका ४ का विकास पटेल  र अनिल साहलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटिक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्‍याई गोली हानी हत्या गरेको पाइएको हो । रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्ड गोलि हानी हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

बालकको हत्यामा प्रयोग गरिएको पेस्तोल दुर्गाभगवती गाउँपालिका–५ स्थित  घरमा टिनको बाकसमा  लुकाएको अवस्थामा भेटिएको प्रहरी उपरीक्षक  घिमिरेले जानकारी दिए ।

उनीहरुले प्रयोग गरेको बीआर०५डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल टुक्रा पारीएको अवस्थामा गौरको एक वर्कशपबाट फेला परेको उनको भनाइ छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए । घटनामा सग्लन अन्यको खोजी भै रहेको र यस सम्बन्धी थप अनुसन्धान भै रहेको  जिल्ला  प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Photo-(5)-(3)-1745814652.jpeg

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update