Harsamaya

काठमाडौं - नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार टाउको लुकाएर बसेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखःद भएको बताएका हुन् ।

उनले भने, ‘लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखद् हो । शिक्षकले पनि आफ्नो दायित्व बुझ्न जरुरी छ । सरकारको निर्णयबाट पूरा हुने माग तत्काल र निश्चित समयसीमाभित्र ऐन जारी गर्ने प्रतिबद्धता संविधानसँग जोडिएका विषय संशोधनमा प्राथमिकता दिने गरी सहमतिबाट तत्काल समाधान निकालियोस् । नत्र यसको गम्भीर परिणामको जिम्मेवार सरकार नै हुनेछ ।’

साथै उनले शिक्षकले पनि आफ्नो दायित्व बुझ्नुपर्ने बताए । उनले सरकारको निर्णयबाट पूरा हुने माग तत्काल पूरा गर्ने र निश्चित समयसीमामा ऐन जारी गर्ने गरी सहमतिमार्फत निकास निकाल्न आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update