Harsamaya
जलमा आश्रित चराको गणना चितवनमा शुरू
जलमा आश्रित चराको एक प्रजाति। प्रतिकात्मक तस्वीर: हर समय/ Har Samaya

काठमाडौँ - जलमा आश्रित चराको गणना चितवनमा शुरू भएको छ । 

प्रत्येक वर्षको जनवरी ४ देखि शुरू हुने चरा गणना यस पटक भने जनवरी ६ देखि शुरू भएको हो । यो समयमा बाहिरबाट जलपंक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् । 

जलपक्षी गणना चितवनको पटिहानी २२ घडगाई देखि गोलाघाटसम्म र माडीको बगई पुल देखि रिउ दोभान सम्म ३६ किलोमिटर सम्म गरिने पश्चिम चितवन क्षेत्र चरा गणनाका सयोजक मनेश कुमार लिम्बुले बताए । 

त्यस्तै जल आश्रित चरा गणना चितवनको नारायणी नदी, राप्ती नदी र सिमसार क्षेत्रमा गर्ने गरिएको उनले जनकारी दिए । राप्ती नारायणी नदीको दिब्यनगर र माडी क्षेत्रमा चरा गणनाका लागि ५३ जना गणकहरु खटिएको लिम्बुले बताए । 

पानी चरा उत्तरी क्षेत्र साईबेरीया, रसिया, तिव्वत, मंगोलिया लगाएतको देशहरू बाट आउने गरेका छन् । गत वर्षको गणनामा ४७ प्रजातिको पानी चरा भेटिएका थिए । चरा गणना जनवरी १९ सम्म चल्ने बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update