Harsamaya
अण्डाको मूल्य बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ ।

संघको शनिबार सम्पन्न छलफलले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट ९३० वटाको रु चार सय ३०,  मध्यमको रु तीन सय ८० र  ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ ।

यसअघि  ठूलो अण्डाको मूल्य रु रु तीन सय ५० मा झरेको थियो । 

एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०, ठूलो अण्डा रु तीन हजार र मझौलाको रु दुई हजार ६५०  कायम गरिएको छ ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update