Harsamaya
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सङ्घीय संसद् भवन ।

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ । 

यस्तै कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले  ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ  । 

‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले  प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

त्यस्तै,उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update