Harsamaya
दुई वटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सङ्घीय संसद् सचिवालय ।

काठमाडौं - सङ्घीय संसद् अन्तर्गत आज दुई वटा समितिको बैठक बस्दै छ । 

आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठक र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो । 

बिहान ११ बजे सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान साढे ८ बजे बस्दैछ । बैठकमा नेपाल सरकारले प्रस्तुत गर्ने आ.व. २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update