Harsamaya
सहकारी हिनामिनाः लेखा समितिका सभापतिकी पत्नी अदालतमा हाजिर
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलकी पत्नी अञ्जला कोइराला ।

विराटनगर - सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छिन् ।

सहकारीको रकम हिनामिनाको आरोप लागेकी कोइराला आज अदालतमा उपस्थित भएकी हुन् । 

मोरङको धनपालथान– ४ को उमागौरी कृषि सहकारी संस्थाको २२ करोड रकम अपचलनमा संलग्नताको आरोप उनी माथि छ ।

मोरङ जिल्ला अदालतमा उनी बिहान उपस्थिति भएकी हुन् । लगत्तै जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा आजै बयान हुने गरी पेशी तोकिएको समेत जनाइएको छ ।

सहकारी हिनामिना सम्बन्धी आरोप माथिको उनको बयान सकिएपछि थुनछेक बहस हुने जनाइएको छ। अदालतले गत पुस २ गते उनी विरुद्ध पक्राउ पुर्जी जारी गरे पनि उनी सम्पर्क बाहिर रहेकी थिइन् ।
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update