कांग्रेसकी सांसद माया राई पक्राउ

काठमाडौं- नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । अपराध अनुसन्धानको कार्यालयले शनिबार साँझ राईलाई कपनस्थित उनकै घरबाट पक्राउ गरेको हो ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि राई लामो समयदेखि फरार थिइन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन उनीमाथि सिफारिस गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२ २२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय