
सिन्धुपाल्चोक - कांग्रेसका सभापति जंग बहादुर लामाले कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् ।
शनिबार तरुण दल जुगल गाउँपालिकाको पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै सभापति लामाले कांग्रेसको नेतृत्वमा सरकार आवश्यकता रहेको बताएका हुन् ।
कांग्रेसको नेतृत्वमा सरकार भएको भए अहिले भइरहेको शिक्षक आन्दोलनको समस्या समाधान भैसक्थ्यो।
कांग्रेस सरकारमा त छ तर कांग्रेस को नेतृत्व मा सरकार नभएकै कारण अहिले विभिन्न खाले आन्दोलनहरू भएको र केपी ओली नेतृत्वको सरकारले त्यसको समाधान गर्न नसकेको पनि बताए।
अधिवेशनबाट सर्वसम्मतिले २७ सदस्यीय कार्यसमिति चयन गरेको छ।
जुगल गाउँपालिका तरुण दलको अध्यक्षमा सागर तामाङ सर्वसम्मत चयन भए भने उपाध्यक्षमा सरोज तामाङ र दिलिप श्रेष्ठ चयन हुँदा सचिवमा सविन श्रेष्ठ, सहसचिवमा रविन सुनार र कोषाध्यक्षमा संजित तामाङ चयन भए।
सदस्यहरूमा क्रमश : विक्रम थापा,पासाङ तामाङ ,नारद मगर,जेनिस तामाङ ,प्रकाश लामा,भिम बहादुर तामाङ ,सागर गोले,दिल बहादुर तामाङ,रुपेश तामाङ ,छिरिङ तामाङ ,संचलाल तामाङ ,ईश्वर लामा,हिराकाजी दोङ ,करण तामाङ ,समीर तामाङ ,रोशन तामाङ ,किशोर श्रेष्ठ ,मिलन तामाङ ,आकाश तामाङ चयन भएका छन् ।