Harsamaya
शिक्षक आन्दोलन आज २५औँ दिन पनि जारी
शिक्षक आन्दोलन ।

काठमाडौं - सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडककेन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अन्तिम लडाईंमा पुगेको भन्दै सहभागिता बढाउन आग्रह गरेका छन् । 

उनले फेसबुकमा लेखेका छन्,‘ हामी निर्णायक र अन्तिम लडाईंमा छौं । यस्तो वेला नियमित भन्दा बढी बल लगाउनु पर्छ । यो कुरालाई मनन गरी सहभागिता बढाउनुहोला ।’

उनले आन्दोलनमा सहभागी नभई गाउँमै रहेका शिक्षकहरूलाई आन्दोलनले खोजेको भन्दै लेखेका छन्, ‘गाउँघरमै रहनु भएका साथीहरू, यो आन्दोलनले तपाईंलाई खोजिरहेको छ । सँगैका साथी आन्दोलनको मोर्चामा डटिरहँदा तपाईंको कर्तव्य के होला, एकपटक आफैँलाई सोध्नुहोला ।’

आन्दोलन स्थलमा पानीमा बोतलहरू छरप्रष्ट नपार्न भन्दै आफूले पानी खाएको बोटल आफैं लिएर जान अनुरोध गरेका छन् । 


 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update