Harsamaya

काठमाडौं - काठमाडौंको स्वयम्भूस्थित एक रेष्टुरेन्टमा आगलागी हुँदा मानवीष क्षति नभएको स्वयम्भू प्रहरी वृत्तका सहायक हवलदार विष्णु थापाले बताएका छन् । 

शनिबार बिहान २ बजे दार्जिलिङ मःम रेष्टुरेन्टमा आगलागी हुँदा घरहरू र पसलहरू पूर्ण नष्ट भएपनि मानवीय क्षति नभएको सहायक हवलदार थापाले बताएका हुन् । 


‘लगभग दुई बजेतिर आगलागी भएको खबर आयो । अफिस नजिकै भएको भएर धुवाँ पनि देखियो र तत्काल दमकललाई खबर गर्यौं । दमकल पनि तुरुन्तै ८ वटा दमकल, ४/५ वटा पानी ट्याङकरमार्फत आगो नियन्त्रणमा आयो । भौतिक क्षति भएपनि मानवीय क्षति भएन । घरहरू र पसलहरू पूर्ण नष्ट छन् । आगलागीमा नजिकै रहेका पसलहरूमा क्षति पुगेको छ । बच्चा र बच्चाको आमालाई प्रहरीले तत्काल उद्धार गर्न सफल भयो,’उनले भने । 

उक्त घटनाको कारण तत्काल भन्न नसकिने भन्दै थप अनुसन्धान भइरहेको पनि थापाले बताए । रेष्टुरेन्टमा आगोलागी हुँदा रेष्टुरेन्टको मात्र १० देखि १२ लाख क्षति भएको रेष्टुरेन्टकी सञ्चालक बन्सिका राईले जानकारी दिएकी छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update