नेकपा एमाले संसदीय दलको बेठक बस्दै, आन्दोलनरत शिक्षकको माग सम्बोधन बारे छलफल हुने

काठमाडौं - नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ । पार्टीका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा शुक्रबार सुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुनेछ । अधिवेशनलाई कसरी फलदायी बनाउने भन्नेमा बैठक केन्द्रित रहने उनले बताए । यसै गरी आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२ ०८:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय