Harsamaya
कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना, तराईका केही भूभागमा तातोे लहर चल्ने
सांकेतिक तस्वीर: हर समय/Har Samaya

हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ ।

साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । माौसम पूर्वानुमान महाशाखाका अनुसार  आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै यी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ । यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा तातो लहरको समेत सम्भावना रहेको हुनाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज राती भने देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update