शिक्षा मन्त्रालयले वार्ताका लागि फेरि बोलायो

काठमाडौं - सरकारले शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई फेरि वार्तामा आउनका लागि आह्वान गरेको छ । शनिबार बिहान ७:३० बजेका लागि वार्तामा आउन मन्त्रालयले अनुरोध गरेको हो ।
सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गर्दै शुक्रबार कारणवश वार्ता हुन नसकेको भन्दै शनिबार पुनः वार्तामा आउन मन्त्री पन्तबाट आह्वान भएको बताएका छन् । शुक्रबार गर्ने भनिएकव वार्ता अन्तिम समयमा आएर भाँडिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२ २२:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय