Harsamaya
वार्ता भाँडिएपछि शिक्षा मन्त्रीले भने - महासंघले वार्ता टोली बनाओस्, सरकार वार्तामा बस्छ 
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त ।

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको वार्ता टोलीसँग सम्वाद गर्न तयार रहेको जनाएका छन् ।

शिक्षक महासंघ र सरकारबीच हुने भनिएको वार्ता अन्तिम समयमा भाँडिएपछि मन्त्री पन्तले पुनः वार्तामा बस्न आफूहरू तयार रहेको जनाएका हुन् ।

‘शिक्षक महासंघले आधिकारिक वार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग वार्ता गर्न तयार छ,’ मन्त्री पन्तले भने ।

तर, शिक्षक महासंघले भने आज मन्त्रालयले ‘गेट पास’का लागि पठाएको नामावली आधिकारिक नभएको भन्दै सिंहदरबार प्रवेशद्वाराबाट फर्किएको थियो । जसका कारण आज हुने भनिएको वार्ता हुन सकेको थिएन । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update