Harsamaya
अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१६ बस्ने गोरखा अजिरकोट गाउँपालिका–४ घर भएका २२ वर्षीय अनिल देवकोटालाई प्रहरीले पक्राउ गरेको हो । 

देवकोटाले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–११ बबरमहलबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update