Harsamaya
आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त ।

काठमाडौं - सपथ ग्रहण तथा पदभार ग्रहण गरेको भोलिपल्ट नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । 

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई समस्या समाधानका लागि नयाँ शिक्षा मन्त्री पन्तले वार्तामा बोलाएका हुन् । 

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन अनुरोध गरेका छन् ।

education-1745572283.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update