Harsamaya
सुनको मूल्य एक हजारले घट्यो 
सुनचाँदी पसल । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार घटेको हो ।

बिहीबार प्रतितोला १ लाख ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ८९ हजार ६ सय कायम भएको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस करिब तीन हजार तीन सय २५ अमेरिकी डलर कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update