Harsamaya
कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न सर्वोच्चको आदेश 
सर्वोच्च अदालत। तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको छ ।

अधिवक्ताद्वय श्रवण कुमार चौधरी र  र माधवराज शर्मा पोख्रेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको हो ।

शिक्षकहरूको आन्दोलनका कारण ११ वैशाखदेखि तोकिएको कक्षा १२ को परीक्षा २१ वैशाखलाई सारिएको छ । अदालतले अब फेरि परीक्षा नसार्न आदेश दिएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  २२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update