Harsamaya
आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी
निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरुको अटेरीविरुद्ध पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूको प्रदर्शन ।

काठमाडौं - नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छ । संघले शुक्रबारबाट सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको हो । 

बिहीबार विज्ञप्ति जारी गरेर संघले आकस्मिक तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरूमा वैशाख १२ गतेदेखि सहभागी नहुन आह्वान समेत गरेको छ । 

नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले आवासीय चिकित्सकहरूले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ ठाउँबाट धम्की आएको’ भन्दै आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

विज्ञप्तिमा उपत्यका भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बिहान ११ बजे माईतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने निर्णय भएको उल्लेख गरिएको छ । 

पछिल्लो दुई सातादेखि निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरुको अटेरीविरुद्ध पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले प्रदर्शन गर्दै आएका छन् । 

chiki-1745513073.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update