Harsamaya
तीन दिन भित्र शिक्षकहरूलाई विद्यालय फर्कन सर्वोच्चको आदेश
शिक्षक आन्दोलन ।

काठमाडौं - सर्वोच्च अदालतले तीन दिन भित्र शिक्षकहरूलाई विद्यालय फर्कन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार अन्तरिम आदेश दिँदै सरकारलाई आन्दोलनरत शिक्षकको माग तीन दिन भित्रमा पुरा गरी विद्यालय पठाउने वातावरण बनाउन आदेश दिएको हो ।

अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा न्यायाधीश सुवेदीको इजलासले यस्तो आदेश गरेको हो। सर्वोच्चले शिक्षकका जायज र संविधानसम्मत माग सम्बोधन तत्काल सम्बोधन गर्ने वातावरण मिलाउन सरकारलाई आदेश दिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update