Harsamaya
गण्डकी कोटिहोमको प्रचार शैली : साइकल र्‍याली गरियो, डुङ्गा र्‍याली पनि गरिने
ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको तयारी स्वरूप साइकल र्‍यालीको आयोजना गरिएको छ । 

पोखरा - ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको तयारी स्वरूप साइकल र्‍यालीको आयोजना गरिएको छ । 

गण्डकी कोटिहोमको प्रचार स्वरूप साइकल र्‍यालीको आयोजना गरिएको हो । मानव सेवा फाउण्डेशनको आयोजनामा पोखरा महानगरपालिका– १७ बिरौटामा सञ्चालन भइरहेको कोटिहोम विराट्ज्ञान महायज्ञको प्रचार प्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन र्‍यालीको आयोजना गरिएको हो ।

बिरौटा कोटीहोम स्थलबाट शुरु भएको र्‍याली ड्यामसाईड–लेकसाइड हुँदै हल्लनचोक–जिरो किलोमिटर–मालेपाटन–बाग्लुङ्ग बसपार्क, बिन्दवासिनी मन्दिर–भैरवटोल–नालामुख, महेन्दपुल–चिप्ले ढुङ्गा, न्यूरोड–सभा गृहचोक साथै पृथ्वीचोक–नागढुङ्गा–पुरानो एयरपोर्टलगायतका स्थानहरुको परिक्रममा गरि कोटिहोम स्थलसम्म पुगेको थियो । 

स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवद्र्धनका लागि साइकल र्‍यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण बर्ष २०२५ को विकासमा टेवा पुर्याउन  र्‍याली गरिएको महायज्ञका संकल्पकर्ता विजय कृष्णमुर्ति महाराजले बताए ।

फाउण्डेशनले यही वैशाख १२ गते मोटसाइकल र्‍याली, वैशाख १३ गते ट्याक्सी र्‍याली, वैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली गर्दै वैशाख १६ गते बृहत् कशल यात्रा समेत गर्ने भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update